संगालोखबर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । ट्रकमा राखेर ओसार्दै गरेको अवस्थामा आज बिहान गाँजा बरामद गरिएको हो ।

Advertisement

बरामद भएको गाँजा १ हजार ४२० किलो भएको प्रहरीले जनाएको छ । गाँजा ओसार्ने मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो । त्यस क्रममा ट्रकमा मुलाको बोरासँगै ४४ वटा बोरामा राखिएको गाँजा फेला परेको थियो ।

गाँजा र ट्रक नियन्त्रणमा लिइ पक्राउ परेका व्यक्तिहरुबारे इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!