सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आँप उत्पादन बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष आँप  उत्पादन वृद्धि भएको हो । धनकुटामा ५९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क छ ।

Advertisement

आर्थिक वर्ष २०७९/०८० मा ५४ हेक्टर क्षेत्रफलमा आँप खेती गरेका किसानले १ सय ५९ मेट्रिक टन आँप उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा आँप उत्पादन बढेर २ सय १८ दशमलब ३ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिए ।

आँप उत्पादन गर्ने मध्ये करिब ७५ प्रतिशत किसानले व्यवसायिक रुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राना बताउँछन् । उनका अनुसार २५ प्रतिशत किसानले आफै खानका लागि आँपको रूख लगाउँने गरेका छन् ।

ग्रामीण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा पनि आँप खेती गर्ने गरिएको छ । विशेषगरी धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा व्यवसायिक आँप खेती हुँदै आएको छ । किसानले मालदह, बम्बई, दशहरी, कलकतिया, बैशाली, आम्रपाली, नकुअवा लगायत प्रजातिका आँप फलाउने गरेका छन् ।

धनकुटामा उत्पादित आँप धरान, इटहरी, विराटनगर, काकडभिट्टासहित भारतीय बजारमा पनि पुग्ने गरेको छ । आँप खेती गर्ने किसानहरूलाई आवश्यकता अनुसार सल्लाह, कीटनाशक औषधिसहित प्राविधिक सहयोग गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!