संगालोखबर
चिर्पट प्रहार गर्ने कमल (बायाँ) र मृतक नर्विक (दायाँ)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लाप्चेटारमा एक व्यक्तिले चिर्पट प्रहार गरेर भानिजदाजुको हत्या गरेका छन् । चौबिसे गाउँपालिका–६ का ५० वर्षीय कमल विश्वकर्माले भानिजदाजु साँगुरीगढी गाउँपालिका-५ का ५१ वर्षीय नर्विक विश्वकर्मामाथि चिर्पट प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बेला विवाद हुँदा कमलले भानिजदाजु नर्विकमाथि चिर्पट प्रहार गरेका हुन् । कमल फुपुको छोरा र नर्विक मामाको छोरा हुन् । नर्विक लाप्चेटारमा मावली आएका बेला घटना भएको हो ।

Advertisement

चिर्पटले लागेर नर्विकको निधारमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको धनकुटाका प्रहरी निरीक्षक अनिल शाहले जानकारी दिए । ‘घटनापछि हामीले कमललाई पक्राउ गरेका छौं,’ शाहले संगालोखबरसँग भने ‘चिर्पट प्रहार गर्नुको कारण खुलेको छैन । यो विषयमा थप अनुसन्धान गर्दैछौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!