पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो ।
लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ ।
पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका...































