संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकामा पुरुष सञ्जाल गठन हुने भएको छ । नगरपालिकाको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुष सञ्जाल गठन तथा सञ्चालन कार्यविधि, २०८१’ अनुसार सञ्जाल गठन गर्न लागिएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा पुरुषहरूको सहभागिता र सहकार्य अभिवृद्धिका लागि पुरूष सञ्जाल गठन गर्न लागिएको जनाएको छ ।

Advertisement

नगरभित्र बसोबास गर्ने जुनसुकै पेसा वा व्यवसायमा आवद्ध पुरुषहरूलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सूचीबद्ध हुन प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

नगर क्षेत्रमा बसोबास रहेर समाजसेवा, कलाकारिता, चलचित्र, गायन, नाटक, पत्रकारिता, साहित्य, खेलकुद, विज्ञान तथा प्रविधि, स्वास्थ्य, शिक्षा, सरकारी सेवा, राजनीति र व्यापार व्यवसाय जस्ता निजी तथा अन्य क्षेत्रमा संलग्न व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!