
विराटनगर । धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आज बिहानदेखि लागेको ढडेलो करिब डेढ घण्टा अगाडि नियन्त्रणमा आएको हो ।
डढेलोले वन पैदावारमा क्षति पुगेको वडा नम्बर ६ का वडाध्यक्ष मिलन कुमार खड्गीले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको उनको भनाइ छ । डढेलोका कारण वन पैदावार बाहेक अन्य केही क्षति नभएको खड्गीले बताए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले डढेलो नियन्त्रणमा आइसकेको र कुनै क्षति नभएको जानकारी दिए । डढेलो लागेको स्थान नजिकै घर भएकाले उच्च सतर्कता अपनाइएको थियो । डढेलो लाग्नुको कारण खुल्न बाँकी छ ।

संगालोखबर 













