संगालोखबर

धनकुटा । धनकुटाका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो ।

Advertisement

कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद कुमार पोख्रेलले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणले बिमितकै हितलाई ध्यान दिएर काम गरिरहेको जानकारी दिए । आवश्यक सम्पूर्ण कागजात पुरा गरेर बीमा दावी भुक्तानी लिन जाँदा झन्झट बेहोर्नु नपर्ने भन्दै उनले केही समस्या भएमा समाधानका लागि प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका शाखा प्रमुख भेषराज कटेलले बीमा क्षेत्रमा देखिएका कमी कमजोरीहरू सुधार हुँदै गएको भन्दै अब बीमा क्षेत्र थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवासले बीमा क्षेत्रका विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सहयोग र सहकार्य गर्न सञ्चार क्षेत्र तयार रहेको धारणा राखे ।

बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण हो । प्राधिकरणले बीमा क्षेत्रका समस्या समाधानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!