धनकुटा । कोशी राजमार्ग स्थित धनकुटा नगरपालिका-९ रुद्रबारीमा ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
आज दिउँसो करिब ३ बजे मुलघाटबाट धनकुटातर्फ जाँदै गरको को २ त ७९३४ नम्बरको ट्याक्टर टायर पम्पचर भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
ट्याक्टर चालक फरार भएका छन् । उनकाे खोजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।