
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित लेउती खोला पुलबाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
आज बिहान २० किलो गाँजासहित सोही स्थानका २० वर्षीय अबि तामाङ पक्राउ परेका हुन् । बा ७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचको क्रममा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
तामाङलाई जिल्ला प्रहरी कार्यालय धनकुटा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













