संगालोखबर


विराटनगर । भोजपुरबाट इटहरी आउँदै गरेको इभी गाडी दुर्घटना भएको छ । आज दिउँसो करिब १६ः३५ बजे प्रदेश १-०२-००१ ज ४६२९ नम्बरको इभी धनकुटाको पाख्रीबास नगरपालिका-५ देवीथानमा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ की ६५ वर्षीया बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका-७ की २९ वर्षीय बेगना चेम्जोङ, सोही स्थानका ३६ वर्षीय तपीराज राई र झापाको बिर्तामोड-७ का ८५ वर्षीय कृष्णबहादुर राई घाइते भएका छन् । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Advertisement

यस्तै संखुवासभाको चैनपुर नगरपालि-२ का २७ वर्षीय रमेश कार्की, भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ का ३६ वर्षीय किशोर तामाङ र भोजपुर नगरपालिका-७ का ४८ वर्षीय प्रविनकुमार सुवाल घाइते भएका छन् । उनीहरूको पाख्रीबास आधारभुत अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको डीएसपी खनालले जानकारी दिए ।

१६ जना यात्रु सवार गाडी आफैँ अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल खसेको थियो । चालक धनकुटाको महालक्ष्मी नगरपालिका-९ का ३६ वर्षीय प्रकाश भण्डारी प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी घटनास्थलमै रहेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!