संगालोखबर

धनकुटा । धनकुटामा भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबारदेखि उत्सव सुरु भएको हो ।

Advertisement

पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर भलिबल उत्सव उद्‌घाटन गरेका छन् । महिला भलिबल तर्फको उद्‌घाटन खेलमा पाख्रीवासलाई २५-१० र २५-११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका विजयी भएको छ ।

१५ दिन अर्थात वैशाख २० गतेसम्म सञ्चालन हने उत्सवमा भलिबल प्रतियोगितासँगै दुना टपरी बनाउने, संख बजाउने, डोको बुन्ने र दौड प्रतियोगिता पनि हुने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

वडा स्तरीय हुने पुरुष भलिबलमा २० टिम र पालिका स्तरीय हुने महिला भलिबल प्रतियोगितामा ६ टिम सहभागि भएका छन् । महिला र पुरुष दुवैतर्फका विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछ । गायक दुर्गेश थापा, गायिका एलिना चौहान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

भिडियो..

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!