रहेनन् ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीतका धनकुटेली सर्जक
विराटनगर । प्रसिद्ध लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद) को ८८ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९३ मा धनकुटा–६ मा जन्मिएका जोशी पछिल्लो समय झापाको दमकस्थित घरमा बस्दै आएका थिए । साँझ अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गरी उनको निधन भइसकेको जानकारी दिएका थिए ।
सानै उमेरदेखि गीतसङ्गीतमा लागेका उनको नेपाली संस्कृति संरक्ष...






























