धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् । गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको ...
पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

धनकुटा । निर्माण व्यवसायी सङ्घ धनकुटाले पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग गरेको छ । पाख्रिबास नगरपालिकामा –५ मा पहिरोले ज्यान गुमाएका परिवारलाई सङ्घले आर्थिक सहयोग गरेको हो । गत असोज १२ गते गुराँसे डाडाँमा घर माथिबाट पहिरो झर्दा लक्ष्मीशोभा तामाङ र उनकी छोरी आशा तामाङको मृत्यु भएको थियो । सोही परिवारलाई राहत स्वरुप २० हजार सहयोग गरेको नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश थुलु...
साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पहिरो झर्दा धरान-धनकुटा सडक अवरुद्ध भएको छ । आज दिउँसो झरेको पहिरोका कारण सवारी आवत-जावतमा समस्या भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले संगालोखबरलाई जानकारी दिए । साना सवारी साधन एकतर्फी सञ्चालन भइरहे पनि ठूला सवारी आवत-जावतमा समस्या भएको खड्काले बताए । प्रहरी निरीक्षक खड्काले अबको एक...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवी...
धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटा  । धनकुटामा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो । चाडवाडको बेलामा उपभोक्ता तथा यात्रुहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले साथै कुनै अप्रिय घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने बताइएको छ ।सवारी साधनमा विशेष चेकजाँच गरिने धनकुटाका प्रमुख जिल्ला अधिका...
धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मतको काम सुरु गरेको छ । चाडपर्वको समयमा आवत–जावतमा सहज होस् भन्ने उद्देश्यले सडकको मर्मत तथा सरसफाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चाडपर्वको समयमा गाउँपालिकाबासीले सहज रूपमा आवत–जावत र खाद्यान्न ढुवानी गर्न सकुन् भनेर सडकको मर्मत सुरु गरिएको अध्यक्ष मनोज राईले बताए । दशैं, तिहार तथा छठ पर्वको समयमा यात्रुहरूको आवत–जा...
धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटा । विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ मा अवस्थित छ । छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ । मन्दिरको आफ्नो छुट्टै विशेषता भएकाले साँझको समयमा मात्रै खुल...
तमोर नदीमा भेटियो दुई महिलाको शव

तमोर नदीमा भेटियो दुई महिलाको शव

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो । मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलिय...
खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

धनकुटा । धनकुटाको मौसम आजबाट खुलेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भइरहेको बेला आज बिहानैबाट धनकुटाको मौसममा सुधार भएको हो । अहिले धनकुटामा घाम लागेको छ । मौसममा सुधार आएसँगै धनकुटाको जनजिवन सामान्य बन्दै गएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर 
धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् । गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए । त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...
जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो । अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैल...
धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटामा पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु, छिमेकी घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा आमा-छोरीको मृत्यु भएको छ । वर्षासँगै बिहान करिब ३ बजे माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेको हो । घरसँगै पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए । ‘पहिरो झर्दै गरेका बेला स...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिक पिकअप गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट छिन्ताङतर्फ जाँदै गरेको को १ ज २०६५ नम्बरको पिकअप आज अपरान्ह करिब ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक सहिदभूमि-७ का ३४ वर्षीय दिपेन्द्र राई, उनकी श्रीमती २३ वर्षीया टबिना राई र धनकुटा-६ सरस्वती चोककी ३२ वर्षीया इसु राई घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस...
धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ को कार्यालय भवन उद्‌घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिक ६५ लाखको लागतमा निर्माण गरिएको दुई तले वडा कार्यालय भवन बुधबार उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलालेखको पर्दा उघारेर भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा थप सहज हुने धारणा राखे । जनतालाई छिटो छरितो र सहज रुपम...
धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटामा अकबरे खोर्सानीको बोट मर्न थालेपछी कृषक चिन्तित

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेका तारा कुमार कार्कीले अकबरे खोर्सानीबाट राम्रो आम्दानी गर्न थालेका थिए । करिब एक हजार पाँच सय बिरुवा लगाएका उनले हप्तामा ७० किलोसम्म खोर्सानी बिक्री गर्थे । तर सबै बोट बारीमा नै मरेपछि उनलाई चिन्ता थपिएको छ । डाँठ कुहिने, कालो हुने र बोटै मर्ने गरेको उनले सुनाए । उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । अहिले सबै बोट मरेर सखाप भए । आम्दानीको ...
एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

धनकुटा । नेकपा एमाले धनकुटा नगर सङ्गठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ चयन भएका छन् । सामुदायिक भवनमा मङ्गलबार आयोजित कार्यक्रममा सङ्गठन कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप-सचिवमा मानबहादुर राई र दुर्गा बस्नेत ढकाल चयन भएका छन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा...
धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटा । धनकुटामा करिब डेढ सय कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच दिनसम्म शिविर सञ्चालन गरेर १ सय ४१ वटा कुकुर र दुई वटा बिरालोको बन्ध्याकरण गरेको हो । रेबिज रोग नियन्त्रणका लागि ८६ वटा भाले र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा वेवारिसे अवस्थामा रहेका तथा घरपालुवा कुकुर बिरालोको बन्ध्याकरण गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख हिमाकुमारी ग...
सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

सरकारले बहिराको हकहितका लागि काम नगरेको गुनासो 

धनकुटा । सरकारले बहिरा (सुनाइसम्बन्धि अपाङ्गता) भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सेवा सुविधा तथा कुनै भरपर्दो कार्यक्रम नल्याएको सरोकारवालाले बताएका छन् ।  ७ औं साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसका अवसरमा आज धनकुटामा बहिरा संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सरकारले बहिरा व्यक्तिहरूका लागि सीपमुलक कार्यक्रम ल्याउनु पर्नेमा उनीहरूले जोड दिए । ‘सरकारले हाम्रा लागि ...
धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटामा आज बिहान भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ३५०० नम्बरको अटो अनियन्त्रित भएर बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ३६ वर्षीय रेश्मा तामाङ, ३० वर्षीय अन्जना तामाङ, ३१ वर्षीय दीपक तामाङ घाइते भएका छन् । यसैगरी सोही स्थानका २६ वर्षीय प्रविण नेपाली र दीपक तामाङको ११ वर्षीय छो...
धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा महालक्ष्मी नगरपालिका-७ की ४२ वर्षीय मन कुमारी तामाङ सामान्य घाइते भएकी हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो भोजपुरबाट लेगुवातर्फ आउँदै गरेको अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो चालक महालक्ष्मी-४ का ३५ वर्षीय तेज बहादुर बिक प्रहरी चौकी लेगुवाको नियन्त...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चौबिसे गाउँपालिका-६ का ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको हो । हिजो साँझ रवी राँके भेडेटार सडक खण्ड अन्तरगत राजारानीबाट धाराचोक जाँदै गरेको प्र १-०२०-४४ प ८४५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को ३१ प ३१९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्...
सहिदभूमिमा आज दिउँसो विद्युत अवरुद्ध हुने

सहिदभूमिमा आज दिउँसो विद्युत अवरुद्ध हुने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आज दिउँसो चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत लाइन वरिपरिका रूख, हाँगा, बाँस तथा झाडी हटाउनुपर्ने भएकाले विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको विद्युत प्राधिकरण धनकुटाले जनाएको छ । प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलहारा डाँडादेखि खोकु पिप्लेसम्मको ११ के.भी लाइन क्षेत्रम...
संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

धनकुटा । संविधान दिवसको अवसर पारेर आज साँझ धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको संयोजनमा स्थानीयवासीले दीप प्रज्वलन गरेका हुन् । नेपालको नक्सा र राष्ट्रिय झन्डाको आकृति बनाएर दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी नगरका संस्थापक मेयर पर्शुराम नेपालले मैनबत्ती बालेर दीप प्रज्वलन कार्यक्रम सुरुवात गरेका थिए । जनताक...
धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-७ चिरबिरे चौतारास्थित एउटा घरमा खाना पकाउने ग्यास लिक हुँदा आगलागी भएको छ । आज बिहान ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एउटा कोठामा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट कोठामा भएका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयवासी र प्रहरीले करिब आ...
धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई कोठे भवन आज उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्‌घाटन गरेका छन् । भवन उद्‌घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा...
धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटा । धनकुटामा कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा शिविर राखेर कुकुर बन्ध्याकरण सुरु गरिएको हो । धनकुटा बजार क्षेत्रमा रहेका बेवारिसे कुकुरलाई भेला पारेर भेटेरिनरी अस्पताल लगेर बन्ध्याकरण गरिने छ । रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा कुमारी गौतमले जान...
धनकुटामा मनाइयो संविधान दिवस

धनकुटामा मनाइयो संविधान दिवस

धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । सहिद स्तम्भमा माल्यार्पण, प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । बसपार्कबाट सुरु भएको प्रभातफेरी मदन चोक, चुवाको बोट, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक र सिरान बजार हुँदै जिल्ला समन्वय समितिमा पुगेको थियो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्टार राजकुमार दाहालले...
धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बरबोटेमा आज दिउँसो रुखको हाँगाले लागेर वृद्धको मृत्यु भएको छ । दिउँसो करिब ३ः३० बजे पानीको पाइप जोड्न गएका बेला रुखको हाँगा झरेर लाग्दा स्थानीय ७२ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो । पाइप जोड्ने क्रममा सल्लाको सुकेको हाँगा झरेर लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी...
धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धनकुटामा वृक्षरोपण गरिएको छ । आज डिभिजन वन कार्यालय र सामुदायिक वन महासङ्घ धनकुटाको संयोजनमा वृक्षरोपण तथा गतवर्ष रोपिएका बिरुवामा गोडमेल गर्दै मलजल गरिएको हो । धनकुटा नगरपालिका-६ स्थित हाडिखर्क सामुदायिक वनमा गतवर्ष रोपिएका बिरुवाको गोडमेल तथा मलजल गरिएको छ । हरेक वर्ष बिरुवा रोपिए पनि संरक्षण नभएको गुनासो बढेसँगै यसवर्ष रोपिएका बिरुवाको संरक...
धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् । तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो ग...
विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

धनकुटा । विष खाँदा गम्भीर अवस्थामा पुगेका धनकुटाको पाख्रीवासका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–४ का ६० वर्षीय खेमबहादुर भण्डारीले गत आइतबार बिहान मेटासिट नामक विषादी खाएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ३ बजे भण्डारीको मृत्यु भएको भतिज गोविन्द भण्डारीले बताए । मृतकको शवलाई पोष्टमार्टम...
error: Content is protected !!