किरात आठपहरिया समाजको अध्यक्षमा अष्टबहादुर

किरात आठपहरिया समाजको अध्यक्षमा अष्टबहादुर

धनकुटा । किरात आठपहरिया समाज केन्द्रीय समितिको अधिवेशनबाट अध्यक्षमा अष्टबहादुर आठपहरिया चयन भएका छन् । धनकुटा–५ स्थित किरात आठपहरिया समाजको केन्द्रीय कार्यालयमा शनिबार भएको अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्य आठपहरिया र जहानश्वरी आठपरिया चयन भएको समाजका आजीवन सदस्य अर्जुन छाराहाङ्ले जानकारी दिए । यस्तै, महासचिवमा कोमल आठपहरिया, सचिवमा दिपेन्द्र आ...
धनकुटा एमालेका नवनिर्वाचित पदाधिकारीलाई चौबिसेमा स्वागतसहित सम्मान

धनकुटा एमालेका नवनिर्वाचित पदाधिकारीलाई चौबिसेमा स्वागतसहित सम्मान

धनकुटा । नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा चौबिसे भूगोलबाट जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई धनकुटाको चौबिसेमा स्वागत तथा सम्मान गरिएको छ । शनिबार नेकपा एमाले चौबिसे गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई स्वागत तथा सम्मानका साथै बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य शकुन्तला बस्नेतले अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्...
तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फ...
धनकुटाको पाख्रीबासमा बृद्ध मृत अवस्थामा भेटिए

धनकुटाको पाख्रीबासमा बृद्ध मृत अवस्थामा भेटिए

धनकुटा । धनकुटाको पाख्रीबासका एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाख्रीबास नगरपालिका–८ खातीडाँडा बस्ने ६५ वर्षीय मानबहादुर दर्जी बिहिवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाख्रीबास नगरपालिका–४ स्थित चिलिम खोल्सानजिक सडक छेउमा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जि...
स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा समस्या भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले चौबिसे गाउँपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रमा उद्योगहरुको सम्भावना र अवसर विषयमा उद्यमीहरुसँग बुधबार अन्तरक्रिया गरिएको थियो । सहभागी उद्यमीले स्थानीय उत्पा...
पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

धनकुटा । नेपाल पत्रकार महासंघको धनकुटा शाखामा दुई सातादेखि तालाबन्दी जारी रहँदा शाखाको काम प्रभावित भएको भन्दै पत्रकारका अन्य चारवटा संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । महासंघको केन्द्रिय समितिले सदस्यता शुद्धीकरणको आधिकारिक नामावली सार्वजनिक नै नगरेको अवस्थामा नेपाल प्रेस युनियन धनकुटा शाखा र केही व्यक्तिहरुले नामावलीको विषयलाई लिएर बेग्लाबेग्लै ताला लगाएर शाखाको काम कारबाही प्रभावित गरेकोप...
प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी...
तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका डिल्लीराम खड्का गत जेठ २२ गते मृत अवस्थामा फेला परे । जनता माध्यमिक विद्यालय निगालेमा शिक्षक रहेका उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । तनावमा रहेको थाहा पाए पनि परिवारले तत्काल उनले त्यसो गर्नुको मुख्य कारण थाहा पाएन । पछि उनको पर्समा फेला परेको ‘सुसाइड नोट’ र डायरीमा लेखिएको विवरणले गाउँकै एकजना व्यक्तिबाट लगातार प्रताडित हुनु परेपछ...
धनकुटाको भेडेटारमा उभौली साकेलाको सांस्कृतिक रमझम

धनकुटाको भेडेटारमा उभौली साकेलाको सांस्कृतिक रमझम

धनकुटा । धनकुटाको भेडेटारमा किरातीहरुको महत्वपूर्ण चाड उभौली साकेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । किरात राई यायोख्खा समिति साँगुरीगढीको आयोजनामा सांस्कृतिक कार्यक्रम गरी उभौली पर्व मनाइएको हो । त्यस अवसरमा किराती समुदायले विभिन्न कला संस्कृति झल्काउने झाँकी, चण्डी नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीको पनि सहभागिता थियो । त्यस अवसरमा उनले भेडेटारलाई प...
धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । धनकुटा, झापा, मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजासहित विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट ३० वर्षीय सुकदेव राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आँखिसल्लास्थित प्रहरी चौकीको टोलीले उनलाई पाँच सय ग्राम गाँजा र विभिन्न नामका प्रतिबन्धित औषधिसहित पक्राउ...
सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

धनकुटा । धनकुटामा परम्परागत खानपान, भौलिक भेषभूषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा आइतवारदेखि सांस्कृतिक उत्सव सुरु भएको हो । उत्सवको उद्घाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उत्सव त्यस अवसरमा विभिन्न जातिका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । धनकुटाको तल्लो टुँडिखेलमा किरात संस्कृतिको संरक्षण एवं उभौली पर्...
सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता गर्न आग्रह गरेको हो । सहकारी संस्थाबाट सदस्यहरूकै बचत रकम कर्जाको रूपमा प्रवाह हुने भन्दै नगरपालिकाले ऋणी सदस्यहरूले अनेक बहानाबाजी गरी समयमै सावाँ र ब्याज नबुझाएको गुनासो आएपछि सूचना जारी गर्नुपरेको जनाएको छ । यस्तै, के...
एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् । धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भ...
नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

धनकुटा । नेकपा एमाले धनकुटाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्ला पार्टी कार्यालय श्रीवानीमा आज बसेको दोस्रो पूर्ण बैठकले विभागीय प्रमुख, निर्वाचन क्षेत्र संयोजक, पालिका इन्चार्ज, फाँट प्रमुख र वडा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो । नौं जना नेताहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष चिन्तन तामाङलाई स्थानीय विकास विभाग प्रम...
धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ पर्व सांस्कृतिक उत्सवका रुपमा मनाएका छन् । लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्द्धन समिति साँगुरीगढीको आयोजनामा शनिवार यो पर्व मनाइएको हो । साँगुरीगढी गाउँपालिका–१ स्थित साकेला केलाङ पार्कमा भेला भएका किरात समुदायले यो पर्व भव्य रुपमा मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सांसद तथा पूर्वमन्...
धनकुटाको पाख्रीबासमा पालीघर कल्याण कोषद्वारा विद्यार्थीलाई पुरस्कार

धनकुटाको पाख्रीबासमा पालीघर कल्याण कोषद्वारा विद्यार्थीलाई पुरस्कार

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६, फलाटेमा पाली घर परिवारद्वारा विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । वडा भित्रका विद्यालयमा अध्ययनरत् उत्कृष्ट सातजना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । विद्यालयको ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा अमर मावि फलाटेबाट २०७९ एसईईमा उत्कृष्ट अंक ल्याउने घनश्याम प्रधानलाई नगद ५ हजारसहित प्रशंसापत्र प्रदान गरियो । त्यस्तै, अ...
सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा नीति तथा कार्यक्रम पेश गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गरेका हुन् । ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, आर्थिक सबलीकरणका लागि कृषक आत्मनिर्भर कार्यक्रम...
विपदमा परेकाहरुको उद्धार गर्न धनकुटाको मूलघाटमा सामूहिक अभ्यास

विपदमा परेकाहरुको उद्धार गर्न धनकुटाको मूलघाटमा सामूहिक अभ्यास

धनकुटा । मनसुनजन्य विपदका बेला प्रभावित मानिसहरुको कसरी उद्धार गर्ने भन्नेबारे धनकुटाको मूलघाटस्थित तमोर नदीमा अभ्यास गरिएको छ । धनकुटा नगरपालिका–९ मा पर्ने मूलघाटमा बिहिवार यस्तो अभ्यास गरिएको हो । विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा मनसुनजन्य विपद उद्धार प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस क्रममा बाढीमा बगेका मानिसहरुको कसरी उद्धार ...
सहिद रामकृष्ण श्रेष्ठ फुटबलः झापाको कनकाईले जित्यो उपाधि

सहिद रामकृष्ण श्रेष्ठ फुटबलः झापाको कनकाईले जित्यो उपाधि

धनकुटा । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कनकाईले हात पारेको छ । बिहिवार भएको फाइनल खेलमा धनकुटालाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो । तल्लो टुँडिखेलमा भएको खेलको पहिलो हाफको २०औं मिनेटमा धनकुटाकी मनिता तामाङले गोल गर्दै खेललाई अग्रता दिलाइन् । दोस्रो हाफको पहिलो मिनेटमा झापाकी जेनिफर मगरले गोल गर्दै खेललाई ...
विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

धनकुटा । तमोर भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरुले धनकुटा बजार क्षेत्रमा सफाइ गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा उनीहरुले बजार क्षेत्र सफाइ गरेका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुईँटेलले विद्यालय प्रांगणमा फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीहरुले पनि विद्यालय परिसरमा वृक्षरोपण गरेका थिए । विद्यार्थीहरुले विद्यालय परिसरदेखि सब्जी लाइन, मदनचोक, हुल...
धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा र कनकाई फाइनलमा भिड्ने पक्का

धनकुटा । धनकुटा नगरपालिका यहाँ जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा छथरजोरपाटी गाउँपालिकालाई ० का विरुद्ध ३ गोलले हराउँदै धनकुटा उपाधिनजिक पुगेको हो । धनकुटाका लागि पहिलो हाफको १८ मिनेट र दोस्रो हाफको ३ मिनेटमा सन्जु तामाङले गोल गरिन् । २० मिनेटमा विपना राईले थप एक गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भइन् । खेल...
धनकुटाको सहिदभूमिमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता

धनकुटाको सहिदभूमिमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत समावेशी बाल क्लब तथा सामुदायिक विद्यालयहरूका लागि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा चित्रकलातर्फ सबिन राई प्...
धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिकाका कर्मचारीहरूले वृक्षरोपण गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर नगरका कर्मचारीहरूले आज बिहान कार्यालय आसपास क्षेत्रमा वृक्षरोपण गरेका हुन् ।  नगर परिसरमा सरसफाइ गरेर आसपास क्षेत्रमा वृक्षरोपण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । कर्मचारीहरूले सिरिस र फूल प्रजातिका करिब एक सय वटा बिरुवा रोपेका छन् । नगर आसपास क्षेत्रको सौन्दर्यताक...
धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ की अनिशा कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् । दुवै मिर्गौला ‘फेल’ भएपछि उपचारमा समस्या भएका कारण उनले सहयोगको अपिल गरेकी हुन् । स्थानीय कुलबहादुर कार्की र कमला बरुवालकी छोरी २५ वर्षीया अनिशाको दुबै मिर्गौलामा खराबी आएपछि हाल पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको उनले बताएकी छन् । कार्की करि...
धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटा । झापाको कनकाई नगरपालिका धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ० का विरुद्ध ६ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३ मिनेटमा कनकाईकी प्रतीक्षा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ८ मिनेटमा कनकाईकै जेनिफोर रानामगरले गोल गरिन् भने टिम...
धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटा । धनकुटा नगरपालिका–६ अमलेटारमा आज बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ । औद्योगिक ग्राम नजिक घर भएका १६ वर्षीय सुमन भुजेलमाथि बिहान करिब १०ः१५ बजे खुकुरी प्रहार भएको हो । धनकुटाकै एक युवाले उनीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । उनको पहिचान खुल्न बाँकी छ । खुकुरी प्रहारबाट भुजेलको गर्धनमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालम...
भेडेटारमा ‘स्काइ वाक’, धनकुटासहित पहाडी जिल्लामा सिँचाइ

भेडेटारमा ‘स्काइ वाक’, धनकुटासहित पहाडी जिल्लामा सिँचाइ

विराटनगर । कोशी प्रदेश सरकारले धनकुटाको भेडेटारमा ‘स्काइ वाक’ संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । कोशी प्रदेशकै अग्रणी पर्यटकीयस्थल मध्येको भेडेटारमा पर्यटकहरुलाई लक्षित गरी स्काइ वाक सञ्चालनमा ल्याइने भएको हो । कोशी प्रदेसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्...
सहिदभूमिका शिक्षकलाई शिक्षण सामग्री बनाउने तालिम

सहिदभूमिका शिक्षकलाई शिक्षण सामग्री बनाउने तालिम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका शिक्षकहरूलाई शिक्षण सामग्री बनाउने तालिम दिइएको छ । विराटनगरस्थित डाइनामिक सपोर्ट ट्रेनिङ इन्स्टिच्युटसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले शिक्षण सामग्री निर्माण कार्यशाला सञ्चालन गरेको हो । वाल विकासदेखि कक्षा ३ सम्म अध्यापनरत सहिदभूमि गाउँपालिकाका ४० विद्यालयका एक/एक जना शिक्षकहरू तालिममा सहभागि थिए । विद्यार्थीहरूलाई पढाउँने क्रममा उपयोगी शिक्षण सामग...
महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी चौथो संस्करण सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा विजयी हुँदै धनकुटा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । पाख्रीवास नगरपालिकालाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफको २५औँ मिनेटमा धनकुटाकी जर्सी नम्बर १२ की खेलाडी मनिता तामाङले १ गोल गरी खेल गरेकी ...
धनकुटामा महिला फुटबलः मोरङको मिक्लाजुङ सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः मोरङको मिक्लाजुङ सेमिफाइनलमा

धनकुटा । मोरङको मिक्लाजुङ टिम धनकुटामा जारी चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा सहिदभूमि गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित समयमा दुवै टिमका खेलाडीले गोल गर्न सकेनन् । थप गरिएको २ मिनेटको समयमा मिक्लाजुङ मोरङकी जर्सी नम्बर ५ की खेलाडी सलिजा राईले १ गोल गरेक...
धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटामा महिला फुटबलः छथरजोरपाटीको विजयी सुरुआत

धनकुटा । धनकुटामा सुरु भएको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकालाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै छथरजोरपाटी सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको उद्घाटन खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा छथरजोरपाटीकी ९ नम्बर जर्सीकी ...
error: Content is protected !!