धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहानको राति करिब १ः३० बजे चौबिसे गाउँपालिका-५ बोधेबाट प्रहरीले नौ सय ४६ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा गाँजा फेला परेको थियो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३८ वटा प्लाष्टिकको बोरामा पोका बनाएर ट्रकमा राखेको अवस्थामा गाँजा बरामद गरेको डीएसपी खनालले जानकारी दिए ।
अनुसन्धानका लागि सोही स्थानका ४३ वर्षीय मनोज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।