
धनकुटा । धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मङ्गलबार राति जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा-७ की ५३ वर्षीया अन्जना तामाङ, उनका ज्वाइँ सुनसरी धरान-८ घर भइ ससुराली बस्दै आएका २२ वर्षीय मनिष धामी र सोही स्थानमा १९ वर्षीय ओम तामाङ छन्।
उनीहरूलाई विभिन्न प्रतिबन्धित औषधि र लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।