संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ शिव पार्क नजिकै रहेको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी भएको छ । कृष्ण प्रसाद दाहालले जमुना श्रेष्ठको घरमा सटर भाडा लिएर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान ९ बजेतिर चोरी भएको भनेर खबर आएको थियो । सटरको चाबी अड्काउने ठाउँमा फोडेर भित्र पसी सिसी क्यामेराको डीभीआर बक्स र नगद चार हजार चोरी भएको खनालले जानकारी दिए ।

Advertisement

‘शुक्रबारदेखि पसल बन्द रहेछ । आज बिहान चोरी भएको थाहा पाएर हामीलाई खबर आयो’, डीएसपी खनालले संगालोखबरसँग भने, ‘चोरी कहिले र कतिखेर भयो भनेर खुल्न बाँकी छ । हामी अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरी निरीक्षक सुमन खड्का नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा चोरी गर्ने व्यक्तिको खोजी सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!