संगालोखबर

धनकुटा । युथ सेलिब्रेसनका लागि धनकुटाबाट पाँच सय भन्दा बढी युवाहरू काठमाडौँ जाने भएका छन् । लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते बिहीबार गर्न लागेको युवा उत्सवमा सहभागि हुन युवाहरू काठमाडौँ जान लागेका हुन् ।

Advertisement

भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि धनकुटाका सात वटै पालिकाबाट पाँच सय भन्दा बढी युवाहरूको टोली काठमाडौँ जाने क्रममा रहेको एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

युवा संघ धनकुटाका अध्यक्ष देवी राईका अनुसार अधिकांश युवाहरूको टोली धनकुटाबाट बुधबार बिहान नै काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ । एमाले जिल्ला अध्यक्ष शिव आङ्लासहित पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पनि काठमाडौँ जाँदैछन् । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनआन्दोलनको दबावका कारण शक्ति जनतामै सुम्पिने घोषणा गरेका थिए ।

त्यही दिनलाई नेपालमा लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । एमालेले यसपटक लोकतन्त्र दिवसलाई युवाहरूमा केन्द्रित गर्दै युथ सेलिब्रेसन नाम दिएर उत्सव मनाउने तयारी गरेको छ । त्यसका लागि देशभरबाट एक लाख युवाहरूलाई काठमाडौंमा उतार्ने एमालेको तयारी छ

भिडियो-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!