संगालोखबर

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । आज बिहान धरानतर्फ आउँदै गरेको कारबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

Advertisement

सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटा मातहतको नेपाल विपद् व्यवस्थापन वेश मुलघाटबाट खटिएको टोलीले शङ्का लागेर को २ प १७३४ नम्बरको कारलाई रोक्न खोजेको थियो । 

तर नरोकी भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला पारेर चेकजाँच गर्दा गाँजा भेटिएको मुलघाट सशस्त्रका इन्स्पेक्टर जितेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । 

कारभित्र चार सय २१ किलो गाँजा भेटिएको उनको भनाइ छ । फरार रहेका कार चालकको खोजी भइरहेको उनले जानकारी दिए । कार र गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाउने तयारी भइरहेको इन्स्पेक्टर बस्नेतले जानकारी दिए ।   

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!