संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको एक होटलमा तोडफोड भएको छ । साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनामा सुजन राईले सञ्चालन गरेको होटलमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहानको राति करिब २ बजे सोही स्थानका ३५ वर्षीय अभिषेक श्रेष्ठले होटल तोडफोड गरेका हुन् ।

Advertisement

उनका अनुसार होटलको झ्यालको सिसा तथा ढोकामा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको छ ।

उक्त होटलबाट श्रेष्ठले विभिन्न समयमा उधारोमा खाएको र होटल संचालकले बाँकी पैसा मागेपछि तोडफोड गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डीएसपी खनालले जानकारी दिए ।

उनमाथि आपराधिक उपद्रो कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!