
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले आह्वान गरेका छन् । आज १५ वटा विद्यालयका विव्यस अध्यक्षहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
‘हाम्रा सम्पूर्ण विद्यालयहरूमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका सम्पूर्ण अभिभावकहरू आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशिल छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आम अभिभावकहरू यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहेको र हालसम्म यस आन्दोलनको समाधानको तत्काल निकास नदेखिएकोले यस नगर भित्रका सम्पूर्ण विद्यालयका १/१ प्रतिनिधि काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुनुहुन र बाँकी सम्पूर्ण शिक्षकहरू शैक्षिक गतिविधिमा सहभागि हुन आह्वान गर्दछौँ।’
उनीहरूले भोलि मंगलबारबाट विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन् । शिक्षक आन्दोलनलाई सहयोग पुर्याउन अभिभावकहरूलाई शिक्षक महासङ्घले आव्हान गरे सहयोग गर्न प्रतिवद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।


संगालोखबर 













