
धनकुटा । धनकुटामा लडेर एक वृद्धको मृत्यु भएको छ । चौबिसे गाउँपालिका-१ राजापोखरी टोलका ७४ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार श्रेष्ठ मङ्गलबार दिउँसो घरबाट हिँडेका थिए । आज बिहानसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा घरबाट करिब सात सय मिटर पूर्व-दक्षिण रवि-राँके-भेडेटार सडक खण्डमा उनी मृत भेटिएका प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।