संगालोखबर


धनकुटा । धनकुटाको टुँडिखेलमा जारी भलिवल उत्सव तथा रमाइलो मेलामा आज गायिका ज्योति मगरले सांगीतिक प्रस्तुती दिने भएकी छन् । मेलामा हरेक साँझ साँस्कृतिक कार्यक्रम हुदै आएको छ ।

आज साँझको कार्यक्रममा गायिका मगरले दर्शकहरुमाझ सांगीतिक प्रस्तुती दिने आयोजक जिल्ला भलिवल संघका अध्यक्ष गौरब कार्कीले जानकारी दिए । गायिका मगरको सांगीतिक प्रस्तुतीसँगै हाउजी विंगो खेल पनि खेलाउने आयोजकको तयारी छ ।

Advertisement

हाउजीमा हाउसफुल गर्नेलाई पुरस्कार स्वरुप ६ लाख ५० हजार मूल्य बराबरको बुलेट बाइक प्रदान गरिने अध्यक्ष कार्कीले जानकारी दिए । हाउजीका लागि टिकट दर ५ सय रुपैयाँ तोकिएको छ ।

गत वैशाख ५ गतेबाट सुरु भएको भलिवल उत्सव तथा रमाइलो मेला वैशाख २० गतेसम्म सञ्चालन हुदैछ ।

भलिवल खेलको प्रवर्दनसँगै रमाइलो माहोलका लागि भलिवल संघले १५ दिने उत्सव आयोजना गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!