
धनकुटा । धनकुटामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका-१ हिलेका २० वर्षीय सविन शेर्पा पक्राउ परेका हुन् ।
उनले बैशाख ३ गते नाबालिकालाई आफ्नै घरमा लगेर ललाइफकाइ गरेर करणी गरेको आरोप छ । प्रहरीका अनुसार बालिकाका बाबुले बैशाख ९ गते छोरीमाथि करणी भएको भनेर जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए ।
सोही आधारमा खोजी गर्ने क्रममा आज धनकुटा नगरपालिका-१ बुद्ध चोक स्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।