संगालोखबर


विराटनगर । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नमूना विद्यालयका रूपमा विकास गरिने बताएका हुन् ।

प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिको प्रयोगमार्फत महिला उद्यमशीलता तथा स्वरोजगारीको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा समावेश छ ।

Advertisement

प्रदेश अन्तरगतका खेलकुद संरचनालाई सुदृढ गर्ने र खेलग्राम विस्तार गर्ने उल्लेख गरिएको छ । सबै प्रकारका विवाद र हिंसामुक्त प्रदेश निर्माणका लागि निरन्तरता दिइएको खापुङले नीति तथा कार्यक्रममा उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!