संगालोखबर


धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा पाँचौँ संस्करणको पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

आज प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

Advertisement

धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकासहित सात टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद ६० र उपविजेताले ३० हजार नगदसहित मेडल र प्रमाण पत्र पाउने छन् । २०३० साल चैत्र ३ गते तत्कालीन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो । उनलाई सरकारले २०४७ साल माघ ३ गते सहिद घोषण गरेको थियो ।

श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले २०७७ सालदेखि महिला फुटबल प्रतियोगिता गर्दै आएको छ । महिलाहरूलाई खेलको मध्यमबाट विश्वभर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!