
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित तमोर नदी किनारमा महिलाको शव फेला परेको छ । शनिबार दिउँसो सडिसकेको अवस्थामा महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार शव सुनसरीको धरान उपमहानगरपालिका-२ निकेतन मार्गकी ६५ वर्षीय मीना शाक्यको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले मृतकका छोराबाट शवको सनाखत भएको जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी बैशाख ९ गते इटहरी जाने भन्दै घरबाट हिँडेकी थिइन् ।
प्रहरीका अनुसार मुलघाटसम्म आएर नदी किनारबाट बेपत्ता भएको सिसिटिभी फुटेजमा देखिएपछि निरन्तर खोजी भइरहेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













