
धनकुटा । नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा राई चयन भएका छन् । शनिबार भएको भेलाले नगेन्द्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा गजेन्द्र राई र शान्ति राई, सचिवमा पुत्रमान राई तथा सह-सचिवमा मणिराज राई चयन भएका छन् । यस्तै सदस्यहरूमा हर्क राई, लक्ष्मी राई, शान्तिमाया राई, हर्षराज राई, रोशन राई र मणिराज राई चयन भएका छन् ।
संघका केन्द्रीय अध्यक्ष आनन्द सन्तोषी राईको उपस्थितिमा भएको भेलाले सर्वसम्मत कार्यसमिति चयन गरेको हो । जिल्ला कार्यसमितिको बैठकले कोषाध्यक्षसहितका बाँकी पद चयन गर्ने जनाइएको छ ।
भेलाले क्षेत्र नम्बर १ मा सन्तोष राई र क्षेत्र नम्बर २ मा भूषण राईलाई नेपाल लोकतन्त्रवादी किरात राई संघको क्षेत्रीय संयोजक तोकिएको अध्यक्ष राईले जानकारी दिए ।

संगालोखबर 













