संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट ४३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

बिहीबार साँझ साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा चेकिङमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

संखुवासभाबाट दमक जाँदैगरेको प्रदेश १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार सहिदभूमि गाउँपालिका-२ का २२ वर्षीय सन्तोष दर्जी १२ किलो गाँजासहित पक्राउ परेका हुन् ।

यस्तै भोजपुरबाट इटहरीतर्फ जाँदैगरेको प्रदेश १-०२-००१ ज ४४०९ नम्बरको इभी गाडीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका-१० का २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदीप सरदार तीन किलो गाँजासहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

यस्तै बिहीबार दिउँसो धनकुटा नगरपालिका-९ तमोर नदीको पुलमा गाडी कुरीरहेको अवस्थामा सोही  वडाका ५१ वर्षीय राजु राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!