संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा छथर जोरपाटी गाउँपालिका-६ का २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बु छन् । उनीहरू शङ्कास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले चेकजाँच गरेको थियो ।

Advertisement

उनीहरूको शरीर खानतलासी गर्दा दर्पणको साथबाट १५० मिलिग्राम र सुदिलको साथबाट ६० मिलिग्राम ब्राउन सुगर ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै सुदिलको साथबाट सय रुपैयाँको नोटमा पोको बनाएर राखेको अवस्थामा हरियो र सेतो रङको चार-चार क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!