संगालोखबर


धनकुटा । अन्तर माध्यमिक विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा धनकुटा इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले चौथो औद्योगिक प्रर्दशनी तथा धनकुटा पर्यटन महोत्सवको अवसरमा शनिबार आयोजना गरेको नृत्य प्रतियोगितामा धनकुटा बोर्डिङ प्रथम भएको हो ।

Advertisement

धनकुटा बोर्डिङले याख्खा जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । यस्तै तमोर भ्याली इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय तथा दीप इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल तृतीय भए ।

यस्तै बाल संसार इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा धनकुटाका ६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

पछिल्लो समय कला संस्कृति हराउँदै गएको र लोकनृत्य प्रति चासो कम हुँदै गएपछि यसको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए ।

औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउन पनि प्रतियोगिता गराइएको उनले जानकारी दिए । प्रतियोगितामा विजेता हुनेहरूलाई महोत्सव समापनका दिन पुरस्कार वितरण गरिने छ । श्रेष्ठका अनुसार भोलि महोत्सव समापन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!