संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड सञ्चालनमा आएको छ । अत्यधिक वर्षासँगै पहिरो जाँदा आइतबार रातिदेखि अवरुद्ध भएको उक्त सडक खण्ड आज मध्यान्हदेखि सञ्चालनमा आएको हो ।

सोमबार बिहानैदेखि एस्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पहिरो पन्छाउन खटिएका थिए । सोमबार घाम लागेका कारण पहिरो हटाउन सजिलो भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

भोजपुर र उदयपुर जोड्ने त्रिवेणीसम्मको उक्त सडक खण्डमा पहिरो खसेसँगै चार वटा टिपर रोकिएका थिए भने यात्रुहरू पनि समस्यामा परेका थिए । पहिरो हटाएसँगै सवारी-साधन सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!