संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो । 

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । 

Advertisement

बसमा कति जना यात्रु थिए भन्ने खुल्न बाँकी छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!