धनकुटा । धनकुटा-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण आइतबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको वडा नम्बर ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाले जानकारी दिए ।
आज बिहानैदेखि एक्साभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी सडक खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सडक अवरुद्ध भएसँगै भोजपुर र उदयपुर जिल्ला जोड्ने त्रिवेणीसम्म सवारी-साधन चल्न सकेका छैनन् ।
‘लेदोसहितको पहिरो खस्दा चार वटा टिपर बाटोमै रोकिएका छन्’, डीएसपी खनालले संगालोखबरसँग भने, ‘अहिले घाम लागेकाले पहिरो हटाउन सहज भएको छ । केहीबेरमा अवरुद्ध सडक खुल्छ ।’