संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउापालिका-६ भेडेटारबाट चाँदीका गहना र नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-८ जाँतेका ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मा पक्राउ परेका हुन् ।

आइतबार राति धरानतर्फ जाँदै गरेको प्र १-०२-०५४ प २१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा गहना र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

उनीहरूको साथबाट पाँच लाख ४१ हजार मूल्य बढीको चाँदीको गहना तीन हजार एक सय ४९.१३ ग्राम र दुई लाख आठ हजार मूल्य बढीको १२.७१ ग्राम सुन बरामद भएको खनालले बताए । सुनचाँदी व्यवसायी महासङ्घसँगको समन्वयमा फेला परेका गहनाको तौल गरिएको थियो ।

यस्तै पाँच सय र एक हजार दरको ८५ हजार पाँच सय रुपैयाँ नगद पनि बरामद भएको उनको भनाइ छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । आवश्यक कारबाहीका लागि उनीहरूलाई भोलि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने प्रहरीको तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!