संगालोखबर


धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनको उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

Advertisement

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान १०ः१० बजे धनकुटा नगरपालिका-६ स्थित गोठगाउँमा दुर्घटना भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!