संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–५ खोकुका ३१ वर्षीय उद्धव राई १० किलो गाँजासहित पक्राउ परेका हुन् ।

आज बिहान करिब ७ः४० बजे धनकुटाको हिलेबाट इटहरी जाँदै गरेको प्र १-०२-००१ ज ४३२६ नम्बरको माइक्रो बसबाट राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

माइक्रोमा शङ्का लागेर चेकजाँच गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका राईका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!