संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–८ शिववेशीमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीय मंगलसिंह राई छन् ।

दिउँसो करिब ३ बजे खेतमा धान गोडिरहेका बेला विद्युत लाइनको तार खसेको थियो ।

Advertisement

सोही तारबाट प्रवाह भएको करेन्ट लाग्दा राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!