संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित सप्तकोसी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार नदीमा हाम फाल्ने व्यक्ति धनकुटा नगरपालिका-२ का ५३ वर्षीय धुव्र थापा हुन् ।

उनले आज दिउँसो करिब २ः४५ बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार को ३४ प ३९२८ नम्बरको मोटरसाइकल पुलमा रोकेर उनले नदीमा हाम फालेका थिए ।

Advertisement

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा कालो रङ्गको झोला फेला परेको र चेकजाँच गर्दा उनको पहिचान खुलेको डीएसपी खतिवडाको भनाइ छ ।

प्रहरीका अनुसार उनले म धुव्र थापा, मेरो भाइ गजेन्द्रलाई खबर गरिदिनुहोला भनेर लेखेको कागज फेला परेको छ । अहिले गोताखोरसहितको टोलीले उनको खोजी गरिरहेको खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!