संगालोखबर


धनकुटा । धनकुटाका सात वटा स्थानीय तहमध्ये छथर जोरपाटी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ९५ करोड ७४ लाख ८ हजार लेखापरीक्षण हुँदा छथर जोरपाटीको २ करोड ८९ लाख ४८ हजार अर्थात ३.०२ प्रतिशत बेरुजु देखिएको हो ।

पाख्रीबास नगरपालिकाले १ अर्ब १५ करोड ८९ लाख १५ हजार रकम लेखापरीक्षण गराउँदा २ करोड ८६ लाख १७ हजार अर्थात २.४७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । सहिदभूमि गाउँपालिकाको १ अर्ब ४ करोड २९ लाख २० हजार लेखापरीक्षण हुँदा १ करोड ६१ लख अर्थात १.५४ प्रतिशत बेरुजु देखिएको छ ।

Advertisement

यस्तै महालक्ष्मी नगरपालिकाको १ अर्ब ३४ करोड १८ लाख ६७ हजार रुपैयाँ लेखापरीक्षण हुँदा दुई करोड दुई लाख ८२ हजार अर्थात १.५१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

धनकुटा नगरपालिकाको १ अर्ब ३३ करोड २८ लाख ७९ हजार लेखापरीक्षण हुँदा १ करोड ४७ लाख ५१ हजार अर्थात १.११ प्रतिशत बेरुजु देखिएको हो । यस्तै चौबिसे गाउँपालिकाको ८६ करोड १० लाख ३६ हजार रुपैयाँ लेखापरीक्षण हुँदा ५८ लाख ५५ हजार अर्थात ०.६८ प्रतिशत बेरुजु देखिएको छ ।

सात पालिकामध्ये साँगुरीगढी गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । साँगुरीगढीको ८९ करोड ८८ लाख ४५ हजार लेखापरीक्षण हुँदा ३७ लाख ५३ हजार अर्थात ०.४२ प्रतिशत बेरुजु देखिएको हो ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!