संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आइतबार राति अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सुमो सडकबाट अन्दाजी १० फिट तल खसेको छ । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात फरार भएका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले जानकारी दिए । तीब्र गतिका कारण सुमो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइतेहरूको नामावली-

१. चितवनको भरतपुर नगरपालिका-११ की ४५ वर्षीया नमकला फुयल–बाहिरी चोट नदेखिएको, अवस्था मध्यम रहेको ।
२. सोही स्थानका ४७ वर्षीय जयेश्वर पोखरेल–बाहिरी चोट नदेखिएको ,अवस्था मध्यम रहेको ।
३. सोही स्थानकी ३८ वर्षीया इशु पङगेनी–बाहिरी चोट नदेखिएको, अवस्था मध्यम रहेको ।
४. सोही स्थानकी २२ वर्षीया निकिता फुयल–बाहिरी चोट नदेखिएको, अवस्था सामान्य रहेको ।
५. सोही स्थानका १६ वर्षीय शिरिष पोखरेल–बाहिरी चोट नदेखिएको, अवस्था सामान्य रहेको ।
६. सोही स्थानकी ४६ वर्षीया सावित्री अधिकारी–बाहिरी चोट नदेखिएको, अवस्था सामान्य रहेको ।
७. सोही स्थानका ५२ वर्षीया दीपचन्द्र घिमिरे–बाहिरी चोट नदेखिएको, अवस्था सामान्य रहेको ।
८. सोही स्थानका ४५ वर्षीय  नवराज फुयल–बाहिरी चोट नदेखिएको, अवस्था मध्यम रहेको ।   

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!