धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि मृत्यु भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ करिब ७ः३५ बजे चालक तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १०ः३० बजे दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले १२ जना घाइतेको उपचार भइरहेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना, धनकुटा अस्पतालमा दुई जना र विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उकालो बाटोमा एक्कासि ब्रेक र स्टेरिङ फेल हुँदा पछाडि सरेर बस करिब ५० मिटर तल खसेको छ ।
को -को छन् घाइते ?
१) भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने २० वर्षीय सूर्यमणि तामाङ
२) भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ का ११ वर्षीय अनमोल तामाङ
३) सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ का ४८ वर्षीय कृष्ण राउत
४) भोजपुरको पौवादुम्बा गाउँपालिका–३ का ८० वर्षीय गंगा प्रसाद सापकोटा
५) भोजपुरको भोजपुर नगरपालिका ११ की २४ वर्षीया सविना बराइली
६) भोजपुर नगरपालिका ११ का का ६० वर्षीय देवी विक
७) धनकुटाको साँगुरीगढी गाउँपालिका-६ का ६० वर्षीय हंशवहादुर राई
८) भोजपुर षडानन्द नगरपालिका ११ का ५१ वर्षीय पूर्णमाया तामाङ
९) सुनसरीको इटहरी उपहानगरपालिका-४ का १७ वर्षीय आयुष राई
१०) धनकुटा नगरपालिका-६ का ३४ वर्षीय धनकुमार विक
११) भोजपुर नगरपालिका ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ
१२) धनकुटाकोे साँगुरीगढी-६ की ६० वर्षीया दिर्घमाया राई