संगालोखबर


धनकुटा । धनकुटामा पनि ३२ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । आज नेकपा एमाले धनकुटाले स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै मदन आश्रित दिवस मनाएको हो ।

धनकुटा नगरपालिका-७ स्थित मदन चोकमा रहेको स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको हो ।

Advertisement

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राई, धनकुटा अध्यक्ष शिव आङ्ला, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई, पूर्व सांसद गोपाल गुरागाँई लगायत एमाले नेता कार्यकर्ताहरुले सालिकमा माल्यार्पण गरेका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एमालेका नेता कार्यकर्ता उपस्थित थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!