सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विषेश योगदान पुर्याएको भन्दै तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ ।

आइतबार जिल्ला महासंघ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो ।

Advertisement

धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका-९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूह र चौबिसे गाउँपालिका-३ र ४ स्थित भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्ता समूह कुरुले तेनुपा सम्मानित भएका छन् ।

सम्मानित हुने वन उपभोक्ता समूहका अध्यक्षहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली र वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले सम्मान गरेका थिए ।

सांसद पराजुलीले देशमा विभिन्न नमूना वन रहेका र जिल्लामा आवद्ध वन उपभोक्ता समूह अवलोकनमा गएर धेरै कुरा सिकेर लागू गर्न सकिने बताए । नमूना वनहरूबाट सीपमूलक, क्षमता विकास सीप हासिल गरी आय-आर्जनको पाटोमा जोड्न सकिने उनको भनाइ थियो ।

यस्तै वनलाई व्यवस्थित गर्न महासंघ, स्थानीय र सरोकारवालाले मूख्य भूमिका खेल्नु पर्ने बताउँदै उनले जिल्लाका ठूला वन उपभोक्ता समूहलाई क्रियाशील बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्लाका सातवटा पालिकाका महासंघको उपस्थिति रहेको थियो । धनकुटामा तीन सय ५७ बढी सामुदायिक वन रहको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताए ।

उनका अनुसार ति मध्ये दुई सय २० वटा वन उपभोक्ता समूह मात्रै क्रियाशील रहेका उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!