झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापा । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवकको मृत्यु भएको छ । मेचीनगर–८ शान्ति टोलका १८ वर्षीय आशिष राजवंशीको गएराति भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो ।
झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी इलामकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई–१ मा बस्दै आएकी इलामकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई साउन १७ गते दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ का ४० वर्षीय द...
झापामा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य बन्न रोक 

झापामा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य बन्न रोक 

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका छन् । शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५) को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी सम...
बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

झापा । बिर्तामोडस्थित प्रभु बैङ्कको शाखाबाट करोडभन्दा बढी रकम गायब भएको विषयमा बैङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ । त्यसअनुसार स्थानीय मञ्जुकुमारी नेपालको मुद्दती खातामा राखिएको भनिएको रकमसम्बन्धी कागजात नक्कली रहेको बैङ्कको भनाइ छ । मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नक्कली रहेको प्रभु बैङ्कले जनाएको छ । बैङ्कका कोशी प्रदेश प्रमुख बद्री कटुवालले विज्ञप्ति जारी गर्दै उक्त मुद्दत...
बिर्तामोडको सनलाइफ इन्स्युरेन्स देशकै उत्कृष्ट शाखा घोषित

बिर्तामोडको सनलाइफ इन्स्युरेन्स देशकै उत्कृष्ट शाखा घोषित

धनकुटा । झापाको बिर्तामोडमा रहेको सनलाइफ इन्स्युरेन्स वर्षको उत्कृष्ट शाखाका रुपमा घोषित भएको छ । उत्कृष्ट घोषित उक्त शाखालाई नगदसहित सम्मान गरिएको थियो ।  शाखा प्रबन्धक इन्द्रकुमार श्रेष्ठलाई १ लाख रुपैयाँ ट्रफी, मेडल र सम्मान पत्र प्रदान गरिएको थियो । दोस्रो हुने इटहरी शाखाका प्रबन्धक मधुकुमार राईलाई सम्मान गरिएको थियो । सनलाइफ इन्स्युरेन्सको नेपालभर १७४ शाखा र उपशाखा छन् । चितवनको सौराहामा ...
झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापा । झापाको हल्दीबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ मा पर्ने हुलाकी मार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६ प्रकाशपुरका २१ वर्षीय बिकेश कार्कीको मृत्यु भएको हो । राजगढबाट जलथलतर्फ जाँदै गरेको म...
किर्ते दस्तखत गरी विद्यालयको रकम झिक्ने कर्मचारी पक्राउ

किर्ते दस्तखत गरी विद्यालयको रकम झिक्ने कर्मचारी पक्राउ

झापा । झापाको मेचीनगरस्थित काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार रुपैयाँ झिकेको आरोपमा कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ का मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर त्यति रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए । विद्यालयको बैङ्क खाता प्र...
प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ ह...
झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एकजना थुनुवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । लागूपदार्थ सम्बन्धी मुद्दामा थुनामा रहेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका खड्काको धुलाबारीस्थित आम्दा–मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्र...
बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

झापा । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड पक्राउ परेका छन् । प्रहरीका अनुसार ७० वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे उक्त अभियोगमा पक्राउ परेका हुन् । बिर्तामोड नगरपालिका–४ निवासी पाण्डे पूर्वप्रहरी हुन् । पछिल्लो समय उनी उक्त विद्यालयमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । कराते खेल सिक्न विद्यालय पुगेकी ९ वर्षीया बालिकालाई उन...
बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

झापा । आफ्ना दिवङ्गत बुबाको शोकमा रहेका झापाको शिवसताक्षीका एक व्यक्तिको काजकिरिया कर्ममा बसेका बेला मृत्यु भएको छ । उनको मृत्युपछि परिवारमा दोहोरो शोक थपिएको छ । शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय गणेश घिमिरेको यस्तो अवस्थामा मृत्यु भएको हो । बुबाको १३ दिने कर्मका लागि बसेका उनको आठौँ दिनमा सोमबार बेलुका मृत्यु भएको हो । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनका बुबा दिलबहादुर घिमिरेको सा...
किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

झापा । झापाको भद्रपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो अपराह्‍न उनलाई पक्राउ गरेको हो । साहले साहले ती किशोरीलाई अनेक प्रलोभन देखाई भद्रपुर–७ स्थित मौसम होटल एण्ड लजमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । ...
पूर्व फुटबलर गम्भीर राईको निधन

पूर्व फुटबलर गम्भीर राईको निधन

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो । मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एन...
झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापा । झापाको झापा गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकमा प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि बसेका उनका छोरा १९ वर्षीय सुलेमान मियाँ घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिर्तामो...
पूर्वी नाकाबाट भित्रियो चार अर्बभन्दा बढीको तरकारी

पूर्वी नाकाबाट भित्रियो चार अर्बभन्दा बढीको तरकारी

झापा । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको तरकारी आयात भएको छ । एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रि...
झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो ।  यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिल...
खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

विराटनगर । धनकुटा, झापा र सुनसरीबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, नगद, मोबाइल, एटीएम कार्ड जस्ता वस्तु प्रहरीले बरामद गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् । उनको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन, मोबाइल २ थान, १० हजार रुपैयाँ र २ एटीएम कार्ड बराम...
उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालि...
झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरील...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

झापा । झापामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।  इलाम घर भई हाल झापाको दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैंलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भ...
अवैध रुपमा निकासी गर्न लागिएको काठ बरामद

अवैध रुपमा निकासी गर्न लागिएको काठ बरामद

झापा । झापाको शिवसताक्षीमा अवैध रुपले निकासी गर्न लागिएको सखुवा काठ बरामद भएको छ । माईधारस्थित प्रहरी चौकीको टोली र गैंडे सामुदायिक वन उपभोक्ता समूहको टोलीले पिकपअ गाडीमा राखेर लैजान लागिएको काठ नियन्त्रणमा लिएका हुन् । आज बिहान गस्ती गर्ने क्रममा शिवसताक्षी नगरपालिका–१० मा पर्ने कन्काई नदी बगरमा मे १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको ५२ क्युफिट चिरान काठ बरामद भएको हो । अन्दाजी १ लाख ५...
रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

झापा । झापामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–८ स्थित रतुवा खोलामा घुङ्गी टिप्न भनी गएका शिवसताक्षी नगरपालिका–३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट गएका उनी ढिलोसम्म नफर्किएपछि खोजी गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी गर्दा दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोष्टमार्टम...
झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापा । झापाको गौरादहमा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको दुर्घटनामा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बा ७० प १८४ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । एउटा मोटरसाइकलका चालक भण्डारी र अर्कोका २८ वर्षीय दुर्गा ताजपुरिया घाइते भएका थिए । दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा...
ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको गृहजिल्ला झापामा आज दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ । एमाले, काँग्रेस लगायत दलका नेता कार्यकर्ता तथा स्थानीयवासीले साँझ दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेका हुन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् । चौथो पटक प्रधानमन्त्री भएका ओली मुलुकको ४५ औं प्रधानमन्त्री बनेका हुन् । ...
हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । गएराति आएका चारवटा हात्तीले स्थानीय बासिन्दाका चारवटा घरमा क्षति पुर्याएका हुन् । हात्तीले घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै अन्नपातसमेत नष्ट गरेको ...
माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

झापा । माई नदीमा आएको बाढीका कारण झापाको झापा गाउँपालिका–२ सुखाबथानको सन्थाल बस्ती जोखिममा परेको छ । माई नदीको कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ । सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकिए सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँको भनाइ छ । तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह ...
झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ ...
ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ५४ वर्षीय बन काइँलो भनेर चिनिने नरबहादुर भुजेल छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई हिजो अपराह्न घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । २०६२ फागुन ९ गते बिहान भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक टेकेन्...
मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

झापा । झापाको सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बस्ने भारतीय नागरिक ४१ व...
भोजपुरलाई हराउँदै झापाले जित्यो प्रदेशस्तरीय फुटबलको उपाधि

भोजपुरलाई हराउँदै झापाले जित्यो प्रदेशस्तरीय फुटबलको उपाधि

खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले एक लाख पुरस्कार प्राप्त गर्...
error: Content is protected !!