झापामा आगलागी हुँदा ७० लाखको क्षति
विराटनगर । झापाको कचनकवल गाउँपालिका-६ बनियानीमा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको छ । शनिबार साँझ स्थानीय कमल खतिवडाको घरमा पूजा कोठामा बालेको दियोबाट आगलागी भएको हो । आगोले टिनको छानो भएको दुई तले र १० कोठे घर पूर्णरूपमा जलेर ध्वस्त भएको झापा प्रहरीले जनाएको छ ।
आगोले घरसहित घरभित्र रहेको एक लाख नगद, अन्दाजी ४१ लाख ४२ हजार पाँच सय बराबरको सुन, ७५ तोला चाँदी, दुई वटा एसी, दुई वटा टिभी र १०...


























