विराटनगर । झापाको दमक बसपार्क छेउमा ट्रकले स्कुल बसलाई ठक्कर दिएको छ । सडक छेउमा रोकिराखेको स्कुल बसलाई आज दिउँसो करिब १२ः३० बजेतिर ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर नवीन राईका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । ‘स्कुल बसमा चालक मात्रै हुनुहुन्थ्यो । उहाँ पनि सकुशल हुनुहुन्छ’, उनले संगालोखबरसँग भने, ‘ब्याक गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि सडकछेउमा गाडी कोल्टिएको हो ।’
सडक सुचारु रहेको र कोल्टिएको बसलाई क्रेनमार्फत उठाउने काम भइरहेको उनले जानकारी दिए ।