संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुर र झापाबाट प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय  निशान मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूका साथबाट ट्रामाडोल एक सय २० चक्की र स्पास्पेन एक सय ट्याब्लेट बरामद गरेको छ ।

Advertisement

झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय बिजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल ७३ चक्की र स्पास्पेन ८० चक्की बरामद गरेको छ ।

यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-१  का २९ वर्षीय प्रन्नयन तामाङलाई एक ग्राम दुई मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!