संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापामा नेपाल प्रहरीका सहायक निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

आज बिहान फलामे भर्‍याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा खतिवडा मृत भेटिएका हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालिका-७ मा बस्दै आएका थिए ।

Advertisement

उनको दरबन्दी इलाका प्रहरी कार्यालय झिलझिलेमा थियो । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा परिवारका सदस्य र आफन्तलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता विजय चौहानले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!