
झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो ।
प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ
प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए । कारण खुल्न बाँकी रहेपनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

संगालोखबर 













