संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । हिजो झापा, मोरङ र सुनसरीबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट लागूऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-२ का ४६ वर्षीय जीत नारायण श्रेष्ठलाई चेकजाँचको क्रममा १ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगरसहित इटहरी-१८ का ५९ वर्षीय महिद मिया र उनकै ३० वर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी तीनकुनेले धरान-८ का ३० वर्षीय सन्जोग तामाङ र २४ वर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको छ ।

मोरङको सुनवर्षी नगरपालिका-६ बाट बेवारिसे अवस्थामा रहेको २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!