संगालोखबर


झापा । आज गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका-३ दापगाछीमा बनेको १८ तले भ्युटावरको उद्‌घाटन गरेका छन् ।
व्यवसायिक कम्प्लेक्स भनेर नामकरण गरिएको भ्युटावर एक अर्ब ४५ करोड रुपैयाँ बढीको लागतमा निर्माण भएको हो ।

टावर चिनियाँ निर्माण कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए ।

Advertisement

भ्युटावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!